काठमाडौं। मंसिर १९ गते देखि पुस २ गते सम्म सक्रिय रहने मिथुन उल्कावर्षा यस बर्ष मंसिर २८ गतेको राति अत्यधिक सक्रिय रहनेछ।
अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जनाएका छन्।
“यो उल्कावर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स-साना धूलोका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर देखिँदै छ,” भट्टराईले जानकारी दिए।
उल्का बर्षको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा नामकरण गरिएको हो।
उल्कावर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदुषण कम भएको स्थानबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्ने भट्टराईले जनाए।
अवलोकनको लागि मंसिर २८ राति ८ बजे देखि भोलिपल्ट बिहान ५:३० सम्मको समय अनुकुल हुनेछ। मौसमले साथ दिएमा उल्कावर्षा हेर्नेहरूका लागि यो सन् २०२० कै उत्कृष्ट समय हने उनले जनाए।
उल्कावर्षा हेर्नलाई कुनै दुरबिन वा टेलिस्कोपको आवश्कता पर्दैन।
“साथै यसै विज्ञप्तिमार्फत सम्पूर्ण अवलोकनकर्ताहरुलाई आफ्ना तस्बिरहरु हामीलाई पठाउन आह्वान गर्दछौ। प्राप्त तस्बिरहरूलाई हामी हाम्रो समजिक सन्जालामार्फत शेयर गर्नेछौं,” भट्टराईले भनेका छन्।
" /> काठमाडौं। मंसिर १९ गते देखि पुस २ गते सम्म सक्रिय रहने मिथुन उल्कावर्षा यस बर्ष मंसिर २८ गतेको राति अत्यधिक सक्रिय रहनेछ।अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जनाएका छन्।

">