काठमाडौँ। सामुदायिक संस्था सानो पाइलाले आफ्नो चौधौँ वार्षिकोत्सवको अवसर पारेर वीरगञ्ज मुर्लीका विपन्न परिवारका ३० बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ।
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसीयाले बालबालिकाहरूलाई छात्रवृत्ति हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै उनले सानो पाइलाले समुदायको सशक्तीकरणमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
“जनताप्रति दायित्व बोकेका सरकारका निकायहरू कोभिड–१९ महामारीमा भ्रष्टाचारमा लिप्त भइरहँदा सानो पाइला जनताको सेवामा लागिपरेको थियो,” प्रमुख अतिथि चौरसीयाले भने, “कोभिड–१९ ले निम्त्याएको असहज अवस्थामा अप्ठेरोमा परेकाहरूलाई भोजन खुवाउने, सङ्क्रमितहरूलाई राख्न आइसोलेसनको प्रबन्ध गर्ने, स्वास्थ्य संस्थालाई मेडिकल सामग्री उपलब्ध गराउने र स्वास्थ्य सम्बन्धी परामर्श दिने सानो पाइलाको काम उदाहरणीय रह्यो।”
नेपाली कांग्रेस पर्साका सभापति एवं पूर्वसभासद अजय द्विवेद्वीले पनि कोभिड–१९ महामारीविरुद्धको लडाइँमा सानो पाइलाले विश्वव्यापी रूपमै सकारात्मक उदाहरण प्रस्तुत गरेको चर्चा गरे। उनले यस किसिमका सामाजिक कार्यले भविष्यमा पनि निरन्तरता पाउने कामना गरे।
कार्यक्रममा संविधानसभा सदस्य एवं उद्योगी अनिल रुङ्टाले आफ्नो १४ वर्षको यात्रामा सानो पाइलाले सामाजिक, आर्थिक र राजनीतिक मुद्दामा समेत विचार र बहसका माध्यमबाट आफूलाई अब्बल साबित गरेको बताए।
त्यस्तै, पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले आफू यस संस्थाको कामबाट प्रभावित भएको जनाए, “कोभिड–१९ को महामारीमा सानो पाइलाबाट प्रहरीलाई पनि ठूलो सहयोग प्राप्त भयो। समुदायमा पनि अनुकरणीय काम गरिरहेको सानो पाइलाको पाइला अझै ठूलो हुँदै जाओस् भन्ने शुभकामना दिन्छु।”
पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले पनि कोभिड–१९ महामारी र लागुऔषधविरुद्ध सानो पाइलाले गरेको कामको स्मरण गरे।
सो अवसरमा सानो पाइलाका संस्थापक एवं सीईओ कञ्चन झाले १४ वर्षको अवधिमा गरेका कामहरू र त्यसले पारेको प्रभावबारे जानकारी गराए। झाका अनुसार यस अवधिमा सानो पाइलाले सामाजिक काममा करिब २१ करोड रूपैयाँ खर्चेको छ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोललाई एक सेट डेस्कटप कम्प्यूटर सहयोग उपलब्ध गराइएको थियो। कार्यक्रम सानो पाइलाकी सचिव डा. शुषमा तिवारीको सभापतित्वमा भएको थियो।
" /> काठमाडौँ। सामुदायिक संस्था सानो पाइलाले आफ्नो चौधौँ वार्षिकोत्सवको अवसर पारेर वीरगञ्ज मुर्लीका विपन्न परिवारका ३० बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ।पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसीयाले बालबालिकाहरूलाई छात्रवृत्ति हस्तान्तरण गरेका हुन्।

">