काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखा र भक्तपुर प्रहरीले सवारी चेकजाँचको क्रममा शंकास्पद लागेको भन्दै एक युवकलाई नियन्त्रणमा लिएको छ।
सिन्धुपाल्चोकको साँगागढीचोक नगरपालिका–१२ स्थायी घर भएर भक्तपुरको मध्यपुर ठिमी-७ बस्ने २८ वर्षीय आशिष गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
भक्तपुरकै नयाँठिमीतर्फ जाँदै गरेको बा. १५ च. ४६८४ नम्बरको ह्युन्डाई कारलाई रोकेर रितपूर्वक सोधपुछ तथा खानतलासी गर्दा उक्त कारभित्रको ड्यासबोर्डमा शंकास्पद कागजात फेला परेपछि नियन्त्रणमा लिएको भक्तपुर प्रहरी प्रवक्ता दीपक गिरीले बताए।
उनको साथबाट प्रहरीले विभिन्न नागरिकको नाममा जारी भएको चार थान नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सवारी चलाक अनुमति पत्र-२ थान, सवारी चालक अनुमति पत्रको कर तिरेको रसिद एक थान, सवारी चालक विवरणको कागज पाँच थान, बा. १५ च. ४६८४ नम्बरको सवारीको बिलबुक एक थान, सोही सवारीको साँचो एक थान, विभिन्न बैंकको २५ लाख रूपैयाँ बराबरको चार थान थेक, तीन वटा मोबाइल र ४१ हजार पाँच सय रूपैयाँ प्रहरीले बरामद गरेको छ।
हाल उनी महानगरीय प्रहरी परिसर, भक्तपुरमा छन्। प्रवक्ता तथा डीएसपी गिरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताए।
" /> काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखा र भक्तपुर प्रहरीले सवारी चेकजाँचको क्रममा शंकास्पद लागेको भन्दै एक युवकलाई नियन्त्रणमा लिएको छ।सिन्धुपाल्चोकको साँगागढीचोक नगरपालिका–१२ स्थायी घर भएर भक्तपुरको मध्यपुर ठिमी-७ बस्ने २८ वर्षीय आशिष गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

">