काठमाडौँ। कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहरिएका एक जनालाई तनहुँ प्रहरीले पक्राउ परेको छ।
शुक्लागण्डकी नगरपालिका–११ का ४९ वर्षीय टोपबहादुर चन्द ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो। साविक राईपुर गाविस–४ का भीमबहादुर परियारको हत्या गरेको कर्तव्य ज्यान मुद्दामा उच्च अदालत पोखराले २०७४ असार १९ गते १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो। उच्च अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि २०७५ कात्तिक १३ गते सदर गरेको थियो।
अदालतले दोषी ठहर्याए पनि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। उनी अदालतको आदेशपछि कैद सजाय भुक्तानको लागि कारागार चलान भएका छन्।
सोही मुद्दामा ५० रूपैयाँ जरिवाना ठहर भई भुक्तान नगरी हालसम्म फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–११ का ११ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई प्रहरीले अदालतले तोकेको जरिवाना भुक्तानको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराएको छ।
" /> काठमाडौँ। कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहरिएका एक जनालाई तनहुँ प्रहरीले पक्राउ परेको छ।शुक्लागण्डकी नगरपालिका–११ का ४९ वर्षीय टोपबहादुर चन्द ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो। साविक राईपुर गाविस–४ का भीमबहादुर परियारको हत्या गरेको कर्तव्य ज्यान मुद्दामा उच्च अदालत पोखराले २०७४ असार १९ गते १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो। उच्च अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि २०७५ कात्तिक १३ गते सदर गरेको थियो।

">