काठमाडौँ। बागलुङ जिल्लाका दुई छुट्टाछुट्टै जङ्गलमा लुकाइएको अवस्थामा भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
बरेङ गाउँपालिका–३ रातोभीर सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको एक थान एकनाले भरुवा बन्दुक प्रहरीले मंगलबार साँझ बरामद गरेको हो। वनमा घरेलु हतियार लुकाएर राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बरेङडाँडा र प्रहरी चौकी बाटकाचौरबाट खटिएको प्रहरी टोलीले बन्दुक फेला पारेको हो।
त्यस्तै, मंगलबार नै बागलुङको गलकोट नगरपालिका–३ लमहीस्थित काप्रेचौर वनबाट बेवारिसे अवस्थामा रहेको चार थान एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो।
किन वनमा बन्दुक राख्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
" /> काठमाडौँ। बागलुङ जिल्लाका दुई छुट्टाछुट्टै जङ्गलमा लुकाइएको अवस्थामा भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।बरेङ गाउँपालिका–३ रातोभीर सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको एक थान एकनाले भरुवा बन्दुक प्रहरीले मंगलबार साँझ बरामद गरेको हो। वनमा घरेलु हतियार लुकाएर राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बरेङडाँडा र प्रहरी चौकी बाटकाचौरबाट खटिएको प्रहरी टोलीले बन्दुक फेला पारेको हो।

">