काठमाडौँ। चितवनको खैरेहनी नगरपालिका-९ नमुना पेट्रोलपम्प नजिक ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा २२ वर्षीय अब्जल देवान रहेका छन्। उनी खैरहनी नगरपालिका-६ का हुन्।
लु १ ख ६५८१ नम्बरको तेलको ट्याङकरले ना.४१ प ९८६२ नम्बरको देवानले चलाएको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिएको हो। ठक्करपछि उनी गम्भीर घाइते भएका थिए। जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
ट्याङ्कर र ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
" /> काठमाडौँ। चितवनको खैरेहनी नगरपालिका-९ नमुना पेट्रोलपम्प नजिक ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा २२ वर्षीय अब्जल देवान रहेका छन्। उनी खैरहनी नगरपालिका-६ का हुन्।

">