काठमाडौं। फ्रान्समा हिजो भएको एक हेलिकप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटिएका पाँचजनाको मृत्यु भएको छ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले सो दुर्घटनाको जानकारी दिएका छन्। उनका अनुसार उद्धार कार्यमा खटेका पाँच सदस्यको ज्यान गएको हो।
अन्य सदस्यलाई उद्धारका काममा खटेका फ्रान्सेली हवाई उद्धार समूहका तीनजनासहित पाँचको ज्यान गएको फ्रान्सेली राष्ट्रपति म्याक्रोँको ट्वीटलाई उद्धृत गर्दै सीएनएन समाचारले जनाएको छ।
हेलिकप्टर दुर्घटनामा पर्दा फ्रेन्च एअर रेस्क्युका पाँचजना आपतकालीन सेवा सदस्यको मृत्यु भएको र अर्का एकजना घाइते भएका बताइएको हो।
यस दुर्घटनाको कारणका बारेमा अनुसन्धान सुरू भएको छ। उक्त उद्धार टोली कसलाई उद्धारका लागि गएको थियो भन्ने स्थानका बारेमा भने केही बताइएको छ।
प्रारम्भिक सूचनामा ती उद्धारकर्मीहरु निकै अप्ठेरो स्थानमा उद्धारका लागि पुगेका थिए भनिएको छ । यस विषयमा विस्तृत जानकारी आइसकेको छैन।
रासस-एएनआई
" /> काठमाडौं। फ्रान्समा हिजो भएको एक हेलिकप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटिएका पाँचजनाको मृत्यु भएको छ।फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले सो दुर्घटनाको जानकारी दिएका छन्। उनका अनुसार उद्धार कार्यमा खटेका पाँच सदस्यको ज्यान गएको हो।

">