काठमाडौं। लैंगिक हिंसाविरूद्धको १६ दिने अभियानको अवसरमा प्लान इन्टरनेसनल नेपालले विश्वव्यापी अभियान ‘गर्ल्स गेट इक्वेल’ अन्तर्गत किशोरकिशोरीहरूले तयार पारेका चित्रहरूको भर्चुअल प्रदर्शनी सुरु गरेको छ।
प्रदर्शनीमा किशोरकिशोरीहरूले बनाएकामध्ये किशोरी र बालबालिकाका समस्या, उनीहरूका मुद्दा, धारणा, अनुभव र कथाहरूलाई चित्रण गरिएका १५० वटा चित्र राखिएका छन्।
प्लान इन्टरनेसनलले गत अक्टोबरमा अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सुनसरी, बाँके, बर्दिया, मकवानपुर, जुम्ला, कालीकोट र सिन्धुलीका २५० जना किशोरकिशोरीहरूलाई कला सिर्जनासम्बन्धी सीप सिकाउन भर्चुअल माध्यमबाट आर्ट वर्कसप आयोजना गरेको थियो। त्यसका सहभागीहरूले आफ्ना समस्या र मुद्दाबारे सरोकारवालाको ध्यानाकर्षण गराउन विभिन्न खालका कला सिर्जना गरेका थिए। तिनै सिर्जनालाई प्रदर्शनीमा राखिएको हो।
प्लान इन्टरनेसनल नेपालकी राष्ट्रिय निर्देशक लिज सातोले यो वर्षको आर्ट इज पावर कार्यक्रमबाट किशोरी र किशोरका थुप्रै उत्कृष्ट आर्टहरू संकलन गरेको जानकारी गराउँदै त्यसको सम्मान गर्नुपर्ने बताइन्।
“उनीहरूले तयार पारेका सिर्जनाहरू धेरै राम्रा छन्। जसमा किशोरीहरूले कुनै पनि प्रकारका हिंसाबाट मुक्त हुन पाउनुपर्ने चाहना राखेका छन्, हामीले उनीहरूको यो सिर्जनालाई सम्मान गर्नुपर्छ,” सातोले भनिन्।
" /> काठमाडौं। लैंगिक हिंसाविरूद्धको १६ दिने अभियानको अवसरमा प्लान इन्टरनेसनल नेपालले विश्वव्यापी अभियान ‘गर्ल्स गेट इक्वेल’ अन्तर्गत किशोरकिशोरीहरूले तयार पारेका चित्रहरूको भर्चुअल प्रदर्शनी सुरु गरेको छ।प्रदर्शनीमा किशोरकिशोरीहरूले बनाएकामध्ये किशोरी र बालबालिकाका समस्या, उनीहरूका मुद्दा, धारणा, अनुभव र कथाहरूलाई चित्रण गरिएका १५० वटा चित्र राखिएका छन्।

">