काठमाडौं । रसुवाको कालिका गाउँपालिका-१ फैलिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या गरेको आरोपमा एक किशोरी पक्राउ परेकी छिन्।
नुवाकोटको किस्पाङ गाउँपालिका-५ की १९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
गत आइतबार बिहान विद्यालय गएकी उनी बेलुका अबेरसम्म नआएपछि खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो।
हिजो बिहान सुमिनाको शव फेला परेको थियो।
अपरिचित एक महिलाले बालिकालाई लगेको भन्ने सूचनाको आधारमा खोजतलासमा जुटेको अस्थायी प्रहरी चौकी ग्राङको टोलीले सपना तामाङलाई हिजो पक्राउ गरेको हो।
हिरासतमा राखेर उनीमाथि अनुसन्धान थालिएको प्रहरीले बताएको छ।
" /> काठमाडौं । रसुवाको कालिका गाउँपालिका-१ फैलिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या गरेको आरोपमा एक किशोरी पक्राउ परेकी छिन्।नुवाकोटको किस्पाङ गाउँपालिका-५ की १९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

">