काठमाडौं। रेडियन्ट सेकेण्डरी स्कूल कञ्चनपुरमा कक्षा ११ पठनपाठन भइरहेको छ। कोरोना महामारीकाबीच पढाइ त भइरहेको छ। तर, के विषय पढ्ने भन्नेमा विद्यार्थी मात्र नभएर शिक्षकहरू समेत अन्योलमा छन्।
कात्तिक पहिलो हप्ताबाट पढाइ सुरू भयो। सरकारले यो वर्षदेखि नयाँ पाठ्यक्रम लागू गरेको छ। केही दिनसम्म पहिलो पाठ्यक्रम अनुसार नै पठनपाठन भयो। तर, कात्तिक २० गते सर्वोच्चले तत्काल नयाँ पाठ्यक्रम लागू नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गर्यो।
त्यसपछि कसरी अगाडि पठनपाठन गर्ने भन्नेमा अन्योल परिएको रेडियण्ट सेकेण्डरी स्कूलका प्रमुख प्रा.डा. चुडामणी जोशीले बताए।
“केही हप्तासम्म नयाँ पाठ्यक्रम अनुसार पढायौं। सर्वोच्चले पुरानै पाठ्यक्रम अनुसार पढाउँ भन्यो। अब फेरी हामीले पुरानै पाठ्यक्रम अनुसार पढाउने कि नयाँ साह्रै अन्योलमा पर्यौं।” प्रमुख प्रा.डा. जोशीले भने।
एकातिर कोरोना महामारीका कारण विशेष सावधानी अपनाएर कक्षा चलाउनुपरेको छ भने अर्कोतिर कुन पाठ्यक्रम अनुसार पढाउने भन्ने अन्योल छ। जसले गर्दा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीको पढाइलाई निरन्तरता दिन नसकिएको उनको भनाइ छ।
सरस्वती मन्दिर मावि तनँहुले पनि कात्तिकबाट कक्षा ११ मा पढाई सुरू गर्यो। तर, पठनपाठनलाई निरन्तरता दिन भने सकिएको छैन। माविका प्रधानाध्यापक रामेश्वर कोइरालाले कुन पाठ्यक्रम अनुसार पढाउने भन्नेमा अन्योलका कारण पढाइलाई निरन्तरता दिन नसकिएको बताए।
“सरकार नयाँ पाठ्यक्रम अनुसार पठाऊ भन्दै निर्देशन दिन्छ। सर्वोच्च अदालत तत्काल लागू नगर भन्दै आदेश दिन्छ। अब हामीले कसरी अगाडि बढ्ने ?” प्रअ कोइरालाले भने।
देशभरका अधिकांश विद्यालयमा कक्षा ११ र १२ पठनपाठनमा यस्तै अन्योल देखिएको छ। पाठ्यक्रम विकास केन्द्रले यो शैक्षिक सत्रदेखि लागू हुनेगरी नयाँ पाठ्यक्रम लागू गरेको छ। सोही आधारमा पठनपठान गर्न शिक्षा मन्त्रालयले सबै विद्यालयहरूलाई निर्देशन दिएको थियो। तर, नयाँ पाठ्यक्रमका विरुद्ध सर्वोच्चमा रिट परेको थियो।
रिटमाथि अन्तरिम अल्पकालीन आदेश जारी गर्दै सर्वोच्चले तत्काल नयाँ पाठ्यक्रम लागू नगर्न भनेको थियो। नयाँ पाठ्यक्रम लागू गर्न नहुने भन्दै भागवता अर्यालले पाठ्यक्रम विकास केन्द्र तथा विभिन्न विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
उक्त रिटमाथि पुस ६ गते सुनुवाइ हुँदैछ। सर्वोच्चको आदेश नआउँदासम्म केही पनि गर्न नमिल्ने पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश प्रसाद भट्टराईले जानकारी दिए।
नयाँ पाठ्यक्रम लागू गर्न तथा गराउनमा सर्वोच्चले रोक लगाएको भन्दै पुस ६ गते कुनै फैसला नआएसम्म यस्तो अन्योलता कायमै रहने बताए। उनले सम्पूर्ण विद्यालयहरूलाई सर्वोच्चको फैसला कुर्न आग्रह गरे।
शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू गरेको थियो।
उक्त नयाँ पाठ्यक्रममा नयाँ विषयका रुपमा ‘सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा’ लाई अनिवार्य विषयमा समावेश गरिएको छ।
के हो नयाँ पाठ्यक्रम ?
संकाय प्रणाली खारेज गरिएसँगै कक्षा ११ मा विद्यार्थीहरू कक्षा ९ र १० को जसरी ऐच्छिक विषय छनौट पाउँछन्। जसरी कक्षा ९ र १० मा ६ वटा अनिवार्य हुन्छ र दुईवटा ऐच्छिक विषय छनौट गर्न पाइन्छ।
त्यसरी नै कक्षा ११ मा पनि नेपाली, अंग्रेजी र सामाजिक तथा जीवन उपयोगी शिक्षा अनिवार्य गरिएको छ। विद्यार्थीले तीनवटा विषय छान्नुपर्नेछ।
ऐच्छिक विषयका लागि चारवटा विषयगत समूह बनाएको छ। ती समूहबाट विद्यार्थीहरूले तीनवटा विषय छानेर पढ्नुपर्ने हुन्छ। त्यसका लागि केन्द्रले करिब १०० ऐच्छिक विषय बनाएको छ।
" /> काठमाडौं। रेडियन्ट सेकेण्डरी स्कूल कञ्चनपुरमा कक्षा ११ पठनपाठन भइरहेको छ। कोरोना महामारीकाबीच पढाइ त भइरहेको छ। तर, के विषय पढ्ने भन्नेमा विद्यार्थी मात्र नभएर शिक्षकहरू समेत अन्योलमा छन्।कात्तिक पहिलो हप्ताबाट पढाइ सुरू भयो। सरकारले यो वर्षदेखि नयाँ पाठ्यक्रम लागू गरेको छ। केही दिनसम्म पहिलो पाठ्यक्रम अनुसार नै पठनपाठन भयो। तर, कात्तिक २० गते सर्वोच्चले तत्काल नयाँ पाठ्यक्रम लागू नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गर्यो।

">