रूकुम। रुकुम पश्चिमकाे चौरजहारीलाई नयाँ सहर बनाउने योजना आठ वर्ष पूरा भए पनि अझै प्रभावकारी हुन सकेको छैन।
मध्यपहाडी लोकमार्गमा पर्ने १० ठाउँलाई नयाँ सहर बनाउने सरकारको लक्ष्यअनुसार काम भए पनि सो परिणाममुखी हुन नसकेको हो।
बजेट अभावका कारण भने जति काम हुन नसकेको हो। चालु आर्थिक वर्षमा चौरजहारीका लागि ११ करोड रूपैयाँ बजेट मात्रै आएको आयोजना कार्यालय प्रमुख धीर फडेराले जानकारी दिए। यहाँ एउटै योजना निर्माण गर्नका लागि १९ करोड रूपैयाँ आवश्यकता पर्ने गरेको छ।
चौरजहारी उपत्यकाको महत्त्वपूर्ण मानिएको सडक कालोपत्रे गर्ने काम लामो समयदेखि हुन सकेको छैन।
आयोजना कार्यालयका अनुसार बाँसखोला-एअरपोर्ट-बसपार्क-त्रिवेणी-खौचेनी-विजयश्वरीडाँडा सडक झण्डै आठ किलोमिटर लामो छ।
सडक कालोपत्रेका लागि ४० करोड ३५ लाख रूपैयाँमा ठेक्का लागेको छ। ठेकेदार कम्पनीले झण्डै ७० प्रतिशत काम सके पनि २१ करोड रूपैयाँ मात्र भुक्तानी भएको फडेराले बताए। रासस
" /> रूकुम। रुकुम पश्चिमकाे चौरजहारीलाई नयाँ सहर बनाउने योजना आठ वर्ष पूरा भए पनि अझै प्रभावकारी हुन सकेको छैन।मध्यपहाडी लोकमार्गमा पर्ने १० ठाउँलाई नयाँ सहर बनाउने सरकारको लक्ष्यअनुसार काम भए पनि सो परिणाममुखी हुन नसकेको हो।

">