काठमाडौ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मदनापुरमा एक युवकमाथि निर्घाट कुटपिट भएको छ।
सोही ठाउँका २८ वर्षीय युवकमाथि कुटपिट भएको हो।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय दिनेश पुरी, १९ वर्षीय धर्म वली, २१ वर्षीय सुरज कुँवर र १९ वर्षीय उमेश घर्ति मगरलाई पक्राउ परेको छ।
सोही ठाउँस्थित जीतकुमार श्रेष्ठको विवाह घरमा नाचगान गर्ने क्रममा विवाद हुँदा ती पुरुषलाई लाठी, चिरपट लगायतले प्रहार गरी घाइते बनाएको उनीहरूमाथि आरोप लागेको छ
उनीहरूविरुद्ध ज्यान मार्ने कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
यस्तै, रसुवाको आमाछोदिङमो गाउँपालिका–५ ब्राजमका १९ वर्षीय पुरुषलाई कुटपिट गरेको आरोपमा सोही ठाउँका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २४ वर्षीय मिङ्मार केसाङ तामाङ लगायत रहेका छन्। मादक पदार्थ सेवन गरेर उनीहरूले ती किशोरलाई कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ।
उनीहरूलाई प्रहरी चौकी थामबुचेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। घाइते किशोरको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ।
" /> काठमाडौ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मदनापुरमा एक युवकमाथि निर्घाट कुटपिट भएको छ।सोही ठाउँका २८ वर्षीय युवकमाथि कुटपिट भएको हो।

">