काठमाडौँ। गुल्मीमा २० वर्षीया किशोरी बलात्कृत भएकी छिन्। सोमबार साँझ ती किशोरी बलात्कृत भएकी हुन्।
बलात्कार आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मालिका गाउँपालिका–४ भुसपोलेका ४५ वर्षीय जवा गिरी, सोही गाउँपालिका–५ हिले बस्ने २६ वर्षीय मोहन कार्की र सोही गाउँपालिका–४ सैरीपोखरा बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
ती किशोरीलाई बलात्कार गरेर उनीहरू भागेका थिए। प्रहरी चौकी अर्खाबाङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) प्रवीणलाल श्रेष्ठले आरोपीहरूलाई सदरमुकाम तम्घास ल्याइँदै गरेको बताए।
“घटनास्थल सदरमुकामदेखि धेरै टाढा पर्छ, आरोपीहरूलाई ल्याइँदैछ” एसपी श्रेष्ठले भने, “अहिले नै सामुहिक बलात्कार हो या के हो भन्न सकिएको छैन।”
एसपी श्रेष्ठले अनुसन्धानबाट बाँकी कुरा खुल्दै जाने बताए।
" /> काठमाडौँ। गुल्मीमा २० वर्षीया किशोरी बलात्कृत भएकी छिन्। सोमबार साँझ ती किशोरी बलात्कृत भएकी हुन्।बलात्कार आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मालिका गाउँपालिका–४ भुसपोलेका ४५ वर्षीय जवा गिरी, सोही गाउँपालिका–५ हिले बस्ने २६ वर्षीय मोहन कार्की र सोही गाउँपालिका–४ सैरीपोखरा बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

">