काठमाडौँ। रूपन्देहीको देवदह नगरपालिका–१० भलुहीसबाट एक थान कस्तुरीको विनासहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ का ३२ वर्षीय सुकुरदिन मियाँ, रूपन्देहीको देवदह नगरपालिका–१० बस्ने बागलुङ नगरपालिका–६ घर भएका ३८ वर्षीय रमेश विक र बुटवल उपमहानगरपालिका–११ बस्ने २९ वर्षीय दीपक विश्वकर्मा रहेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलबाट वन्यजन्तु कस्तुरीको विना ओसारपसार एवं कारोवार हुँदै छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार दिउँसो विनासहित पक्राउ गरेको हो।
प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।
" /> काठमाडौँ। रूपन्देहीको देवदह नगरपालिका–१० भलुहीसबाट एक थान कस्तुरीको विनासहित तीन जना पक्राउ परेका छन्।पक्राउ पर्नेहरूमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ का ३२ वर्षीय सुकुरदिन मियाँ, रूपन्देहीको देवदह नगरपालिका–१० बस्ने बागलुङ नगरपालिका–६ घर भएका ३८ वर्षीय रमेश विक र बुटवल उपमहानगरपालिका–११ बस्ने २९ वर्षीय दीपक विश्वकर्मा रहेका छन् ।

">