काठमाडौँ। मोरङको मिक्लाजुङ गाउँपालिकाको–१ को बर्खेस्थित देउढुङ्गे जङ्गलमा अपहरणपछि प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको धारिलो हतियार प्रहार गरी हत्या भएको खुलेको छ।

उनको घाँटी रेटिएको छ र दुवै हात पछाडि लगेर बाँधिएको पाइएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता केदार कार्कीले बताए।

घटनाको प्रारम्भिक विवरणमा गोली हानी हत्या गरेको भनिएको थियो।

“गोली हानी हत्या गरेको भन्ने प्रारम्भिक विवरण आएको थियो तर, हाम्रो प्रहरी टोली घटनास्थल पुगी शवको परीक्षण गर्दा घाँटी रेटेर हत्या भएको देखियो” प्रवक्ता कार्कीले देखापढीसँग भने, “दुवै हात पछाडि रहेको र शव पनि कपडाले हल्का छोपेको देखिएको छ।”

घटनास्थलमा पुगेको प्रहरी टोलीले शवको प्रकृति मुचुल्का तयार गर्ने काम गरिरहेको छ।

सिफारिस

जिल्ला प्रहरी कार्यालय मोरङसहित इलाका प्रहरी कार्यालय उर्लाबारी, इलाका प्रहरी कार्यालय लेटाङ र इलाका प्रहरी कार्यालय मधुमल्लाको टोली घटनास्थलमा छन्।

टोलीले घटनामा संलग्नहरूको खोजी कार्य तीब्र पारेको छ। तर, पनि हालसम्म एक जना पनि पक्राउ परेका छैनन्।

घटनालगत्तै प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको छिमेकी जिल्लाहरू पाँचथर, धनकुटा, इलामसँगै झापामा प्रहरी जनशक्तिलाई व्यापक रूपमा परिचालन गरेको छ।

“घटनामा संलग्नहरूलाई पक्राउ गर्न हामीले आसपासका सबै जिल्लाका प्रहरीलाई तैनाथ गरेका छौं”, प्रवक्ता कार्कीले भने, “हामी पक्राउ गरेर उनीहरूलाई कानुनी दायरामा ल्याउँछौं।”

प्रधानाध्यापक श्रेष्ठको हत्या भएको स्थल मोरङको अति विकट क्षेत्र हो। जहाँ पुग्न प्रहरीलाई घण्टौं लागेको थियो।

मंगलबार बिहान स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको अपहरणपछि घरदेखि पश्चिमतर्फको देउढुङ्गे जङ्गलमा हत्या भएको हो। जुन ठाउँ उनको घरदेखि करिब ६ सय मिटरको दूरीमा पर्छ।

स्थानीय गोविन्द श्रेष्ठका अनुसार अपहरणमा संलग्न ६ जना छन्। उनीहरू सबै नचिनेका मानिसहरू हुन्।

बिहान छ बजेको समयमा उनीहरूले श्रेष्ठलाई अपहरण गरेर लगेका हुन्, जतिबेला श्रेष्ठकी श्रीमती घरदेखि १५-२० मिनेट दूरीमा रहेको आफ्नै बाख्रा फार्ममा गएकी थिइन्। श्रेष्ठ चाहिँ गाईलाई स्याहार्न लागेका थिए।

सोही समयमा नचिनेका मानिसहरूले हात बाँधेर लगेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले घटनामा संलग्नहरू प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका कार्यकर्ताहरू भएको जानकारी आएको बताए।

मृतक श्रेष्ठ स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। उनी पहिलेदेखि विप्लव समूहको ‘टार्गेट’मा रहेको बताइएको छ।

" /> काठमाडौँ। मोरङको मिक्लाजुङ गाउँपालिकाको–१ को बर्खेस्थित देउढुङ्गे जङ्गलमा अपहरणपछि प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको धारिलो हतियार प्रहार गरी हत्या भएको खुलेको छ।

"> प्रधानाध्यापक हत्या प्रकरण : गोली प्रहारबाट नभई घाँटी रेटेर हत्या: Dekhapadhi
प्रधानाध्यापक हत्या प्रकरण : गोली प्रहारबाट नभई घाँटी रेटेर हत्या
काठमाडौँ। मोरङको मिक्लाजुङ गाउँपालिकाको–१ को बर्खेस्थित देउढुङ्गे जङ्गलमा अपहरणपछि प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको धारिलो हतियार प्रहार गरी हत्या भएको खुलेको छ।

उनको घाँटी रेटिएको छ र दुवै हात पछाडि लगेर बाँधिएको पाइएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता केदार कार्कीले बताए।

घटनाको प्रारम्भिक विवरणमा गोली हानी हत्या गरेको भनिएको थियो।

“गोली हानी हत्या गरेको भन्ने प्रारम्भिक विवरण आएको थियो तर, हाम्रो प्रहरी टोली घटनास्थल पुगी शवको परीक्षण गर्दा घाँटी रेटेर हत्या भएको देखियो” प्रवक्ता कार्कीले देखापढीसँग भने, “दुवै हात पछाडि रहेको र शव पनि कपडाले हल्का छोपेको देखिएको छ।”

घटनास्थलमा पुगेको प्रहरी टोलीले शवको प्रकृति मुचुल्का तयार गर्ने काम गरिरहेको छ।

सिफारिस

प्रधानाध्यापक हत्या प्रकरण : अझै घटनास्थल प्रहरी पुगेको छैन

जिल्ला प्रहरी कार्यालय मोरङसहित इलाका प्रहरी कार्यालय उर्लाबारी, इलाका प्रहरी कार्यालय लेटाङ र इलाका प्रहरी कार्यालय मधुमल्लाको टोली घटनास्थलमा छन्।

टोलीले घटनामा संलग्नहरूको खोजी कार्य तीब्र पारेको छ। तर, पनि हालसम्म एक जना पनि पक्राउ परेका छैनन्।

घटनालगत्तै प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको छिमेकी जिल्लाहरू पाँचथर, धनकुटा, इलामसँगै झापामा प्रहरी जनशक्तिलाई व्यापक रूपमा परिचालन गरेको छ।

“घटनामा संलग्नहरूलाई पक्राउ गर्न हामीले आसपासका सबै जिल्लाका प्रहरीलाई तैनाथ गरेका छौं”, प्रवक्ता कार्कीले भने, “हामी पक्राउ गरेर उनीहरूलाई कानुनी दायरामा ल्याउँछौं।”

प्रधानाध्यापक श्रेष्ठको हत्या भएको स्थल मोरङको अति विकट क्षेत्र हो। जहाँ पुग्न प्रहरीलाई घण्टौं लागेको थियो।

मंगलबार बिहान स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको अपहरणपछि घरदेखि पश्चिमतर्फको देउढुङ्गे जङ्गलमा हत्या भएको हो। जुन ठाउँ उनको घरदेखि करिब ६ सय मिटरको दूरीमा पर्छ।

स्थानीय गोविन्द श्रेष्ठका अनुसार अपहरणमा संलग्न ६ जना छन्। उनीहरू सबै नचिनेका मानिसहरू हुन्।

बिहान छ बजेको समयमा उनीहरूले श्रेष्ठलाई अपहरण गरेर लगेका हुन्, जतिबेला श्रेष्ठकी श्रीमती घरदेखि १५-२० मिनेट दूरीमा रहेको आफ्नै बाख्रा फार्ममा गएकी थिइन्। श्रेष्ठ चाहिँ गाईलाई स्याहार्न लागेका थिए।

सोही समयमा नचिनेका मानिसहरूले हात बाँधेर लगेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले घटनामा संलग्नहरू प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका कार्यकर्ताहरू भएको जानकारी आएको बताए।

मृतक श्रेष्ठ स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। उनी पहिलेदेखि विप्लव समूहको ‘टार्गेट’मा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्