काठमाडौँ। १३ दिनदेखि आन्दोलित किसानसँग भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहले आज भेट्ने भएका छन्।
बीबीसी हिन्दीका अनुसार आन्दोलित किसानको नेतृत्व गरिरहेका किसानका नेताहरूलाई गृहमन्त्री शाहले आज साँझ ७ बजे भेट्ने भएका हुन्।
भारतीय किसान युनियनका प्रवक्तालाई उदृत गर्दै बीबीसीले लेखेको छ, “शाहसँगको पहिलो बैठक सिंघु बोर्डरमा हुने तय भएको छ। त्यसका लागि केही नेता त्यसतर्फ प्रस्थान गरेका छन्।”
उत्तरप्रदेशका किसान पछिल्लो दुई हप्तादेखि यूपी–दिल्ली सिमामा आन्दोलनरत छन्। उनीहरूलाई पछिल्लो समय देशभरका किसानले समर्थन गरिरहेका छन्।
हालसम्म किसान र भारतीय सरकारबीच पाँच चरणको वार्ता भइसकेको छ, तर अहिलेसम्म कुनै सहमति बन्न सकेको छैन।
खास गरी, भारतीय केन्द्रीय सरकारले कृषिसम्बन्धी तीन नयाँ कानुन बनाएपछि देशभरका किसान आन्दोलनमा उत्रिएका हुन्।
विरोधका क्रममा आज किसानले संघीय राजधानी दिल्ली बन्द समेत गरेका छन्। झण्डै ५ घन्टाको अवरोधपछि अहिले सडक खुला भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
" /> काठमाडौँ। १३ दिनदेखि आन्दोलित किसानसँग भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहले आज भेट्ने भएका छन्।बीबीसी हिन्दीका अनुसार आन्दोलित किसानको नेतृत्व गरिरहेका किसानका नेताहरूलाई गृहमन्त्री शाहले आज साँझ ७ बजे भेट्ने भएका हुन्।

">