काठमाडौँ। मोरङको मिक्लाजुङ गाउँपालिका–१ को बर्खेमा प्रधानाध्यापकको हत्या भएपछि अनुसन्धानका लागि गएको प्रहरी टोली अझैसम्म घटनास्थल पुगेको छैन।
जिल्लाको अति विकट क्षेत्रको उक्त गाउँ पुग्न प्रहरीलाई अझै केही समय लाग्ने मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।
“यो ठाउँ जिल्लाकै विकट ठाउँ हो, जहाँ पुग्न हाम्रो टोलीलाई अझै केही समय लाग्छ, फेरि त्यहाँ राम्रो फोनको नेटवर्क पनि छैन,” एसपी खड्काले देखापढीसँग भने, “फोन सम्वाद गर्न निक्कै कठिन छ।”
मंगलबार बिहान स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको गोली हानी हत्या भएको छ।
बिहान छ बजेको समयमा उनी छ जनाबाट अपहरणमा परेका थिए। अपहरणको खबर लगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारी, इलाका प्रहरी कार्यालय मधुमल्ला र इलाका प्रहरी कार्यालय लेटाङदेखि प्रहरी परिचालन गरिएको एसपी खड्काले बताए।
तर, प्रहरी टोली तीन ठाउँबाट अपहरण भएको भनिएको क्षेत्रतिर परिचालन गरेको आधा घण्टा नहुँदै हत्या भएको जानकारी आएको र जिल्ला प्रहरी कार्यालयदेखि अनुसन्धान अधिकृतको टोली घटनास्थलतर्फ बिहानै गएको बताए।
आफू पनि घटनाको अनुसन्धानका लागि जान लागिएको देखापढीलाई बताए।
उनले हालसम्म प्राप्त विवरण अनुसार प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ताबाट घटना भएको विवरण आएको बताए।
" /> काठमाडौँ। मोरङको मिक्लाजुङ गाउँपालिका–१ को बर्खेमा प्रधानाध्यापकको हत्या भएपछि अनुसन्धानका लागि गएको प्रहरी टोली अझैसम्म घटनास्थल पुगेको छैन।जिल्लाको अति विकट क्षेत्रको उक्त गाउँ पुग्न प्रहरीलाई अझै केही समय लाग्ने मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

">