खोला किनारमा युवक मृत फेला, सनाखत हुन बाँकी
<p style="text-align: justify;">काठमाडौँ। स्याङ्जाको चापाकोट नगरपालिका–५ एक्लेटारमा रहेको ज्याग्दी खोलाको किनारमा एक जना युवक मृत फेला परेका छन्।</p>
<p style="text-align: justify;">मृत फेला परेका युवकको अन्दाजी उमेर २८ वर्ष हो। शवको हालसम्म सनाखत भएको छैन। </p>
<p style="text-align: justify;">ती युवकको शव सोमबार बेलुका फेला परेको हो। घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
