मोटरसाइकलको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु, चालक फरार
<p style="text-align: justify;">काठमाडौँ। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी तीन वर्षीया सुस्मिताकुमारी मेहताको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">को.२३ प ५२१८ नम्बरको मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन्। उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">हाल मोटरसाइकल चालक फरार छन्। प्रहरीले खोजी गरिरहेको जनाएको छ।</p>