बढ्यो सगरमाथाको उचाइ: ८,८४८.८६ मिटर कायम

काठमाडौं। विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ आठ हजार ८४८.८६ मिटर कायम भएको छ।

नेपाल र चीनको प्राविधिक टोलीले सगरमाथाको उचाइ मापन गरेका थिए।

नेपाल र चीनले सगरमाथाको उचाइ संयुक्तरूपमा घोषणा गरेका हुन्।

यसअघि आठ हजार ८४८ मिटर मानिँदै आइएको थियो।

नेपालका तर्फबाट नापी विभागका चारजना कर्मचारी छनौट गरी २०७५ चैत २८ का दिन प्रधानमन्त्रीले बिदाइ गरेका थिए।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पनि सगरमाथाकाे आधार शिविरमै पुगेर टाेलीलाई सफल आरोहणको शुभकामना दिइन्।

२०७६ जेठ ८ बाट बिहान ३ बजेबाट शिखर आरोहण सुरु भएको थियाे।

नेपाल र चीनका प्राविधिकले प्रशाेधन गरेर नयाँ उचाइ पत्ता लगाएपछि आज सार्वजनिक गरिएकाे हाे।

प्रतिक्रिया दिनुहोस्