११ वर्षीया बालिका बलात्कृत, ६३ वर्षीय वृद्ध पक्राउ

काठमाडौं। उदयपुरमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन्।

बेलका नगरपालिकामा पर्ने सिटी हलमा बालिका बलात्कृत भएकी हुन्।

बलात्कार आरोपमा सोही नगरपालिकाको वडा नम्बर-९ का ६३ वर्षीय सूर्य पोखरेल पक्राउ परेका छन्।

सोमबार दिउँसो उनलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धLको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्