भारतको कर प्रशासनबारे नेपाली व्यवसायीहरूसँग छलफल गर्छुः अर्थमन्त्री
आज नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै खतिवडाले भारतको कर नीतिले नेपालमा पार्ने प्रभावबारे व्यवसायीहरूसँग छलफल गर्ने बताएका छन् ।

भारतले आर्थिक वृद्धिमा आएको संकुचनले लगानी बढाउन नसकिने निष्कर्ष निकाल्दै १० प्रतिशतको बिन्दुसम्म आयकरको दरमा कटौती गर्ने निर्णय गरेको छ ।

उक्त निर्णयले लगानी बाहिर नजाने र बाहिरको लगानी ल्याउन सहयोग पुग्ने भारतले विश्वास लिएको छ ।

भारत सरकारले करको दर घटाएसँगै अर्थमन्त्री खतिवडा पनि दबावमा परेका छन् ।

अर्थमन्त्री खतिवडाले छिमेकी राष्ट्रहरुले आफ्नो अनुकुलतामा करको दर समायोजन गर्ने भएको हुँदा नेपाल सरकारले पनि त्यसको अध्ययन गरेर निर्णय गर्ने बताएका छन् ।

खतिवडाले राजश्व बोर्ड छिट्टै गठन गरी कर प्रतिस्पर्धात्मक बनाउने पनि धारणा राखे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नियमन र कर प्रशासनका नयाँ व्यवस्था कार्यान्वय गर्दा लगानीको वातावरण नबिग्रियोस् भन्नेतर्फ सरकार सचेत हुनुपर्ने बताएकी छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्