एकैदिन काठमाडौं उपत्यकामा १७ सयभन्दा बढी सवारी चालकमाथि कारबाही
काठमाडौं। ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा एक हजार ७४४ सवारीचालकलाई कारबाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई सोमबार कारबाही गरिएको हो।

“विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ७४४ जना चालकलाई हिजो ट्राफिक प्रहरीले कारबाही गरेको छ,” ट्राफिक प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कारबाहीमा पर्ने सवारी चालकहरूमा मिटरमा गुड्न नमान्ने ट्याक्सी चालक, मादक पदार्थ सेवन गरी सवारी चलाउने, जथाभाबी पार्किङ् गर्ने, निशेधित क्षेत्रमा हर्न बजाउने लगायत छन्।

हिजो नै ट्राफिक प्रहरीले जोरबिजोर प्रणाली उल्लंघन गर्ने ७३३ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

यस्तै पछिल्लो २४ घण्टामा उपत्यकामा भएका ३९ वटा सवारी दुर्घटनामा २८ जना घाइते भएका छन्।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्