सर्लाहीमा आगलागीबाट १२ लाखको क्षति <p>सर्लाही।&nbsp;सर्लाहीको विष्णु गाउँपालिकामा गएराति विद्युतकाे&nbsp;तार सर्ट भई आगलगी हुँदा १२ लाख&nbsp; रूपैयाँ बराबरको क्षति भएको छ।</p> <p>विष्णु-२, पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गएराति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति भएको सर्लाही प्रहरीले जनाएको छ।</p> <p>आगलगीबाट घरमा भएको लत्ताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामानलगायतका सामान जलेर १२ लाख रूपैयाँ बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।</p> <p>प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्