काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरीमा संलग्न एकजनालाई पक्राउ गरेको छ।
२५ वर्षीय सुजन तामाङलाई ललितपुर महानगरपालिका-२६ को धौलाहिटीबाट पक्राउ गरेको हो।
उनी काभ्रेको तिमाल गाउँपालिका-८ का हुन्।
सोमबार महाशाखाबाट खटिएको ट्राफिक प्रहरीले प्रदेश–३–०२–००३ प ६५०६ नम्बरको मोटरसाइकललाई शंका लागेपछि रोकेर चेकजाँच गर्दा उक्त मोटरसाइकलको वास्तविक नम्बर प्रदेश–३–०२–००१ प ९०४१ खुल्न आएको र उक्त मोटरसाइकलमा सवार तामाङलाई पक्राउ गरेको हो।
उनको साथबाट प्रहरीले मोटरसाइकल पनि बरामद गरेको छ। उनलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत्त मालिगाउँ काठमाडौंमा बुझाएको महाशाखाले जनाएको छ।
गत मंसिर १४ गते काठमाडौंको सेतो पुलबाट उक्त नम्बरको मोटरसाइकल हराएको भन्दै रौतहटको गरूडा नगरपालिका वडा नम्बर-५, का शिवपुजन साहले महाशाखामा खोज तलासका लागि निवेदन दिएका थिए।
" /> काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरीमा संलग्न एकजनालाई पक्राउ गरेको छ।२५ वर्षीय सुजन तामाङलाई ललितपुर महानगरपालिका-२६ को धौलाहिटीबाट पक्राउ गरेको हो।

">