म्याग्दी। मुहान विवादका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ औलामा निर्माण गर्न लागिएको सिँचाइ आयोजना अन्योलमा परेको छ।
खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले गत असारमा औला सिँचाइ आयोजना निर्माण गर्न ५६ लाख ७१ हजार १४२ मा भगवति मालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो ।
२०७८ जेठ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का लिएको कम्पनीका सञ्चालक गोपालप्रसाद भट्टचनले साउनदेखिनै काम सुरू गर्न खोजे पनि मुहान विवादले अवरोध भएको बताए। औलाको छिमेकी रिमा गाउँका केही स्थानीयवासीले अवरोध गरेका कारण सम्झौता भएको पाँच महिनासम्म पनि सिँचाइ आयोजना निर्माण सुरू हुन नसकेको हो।
दुई गाउँका टोल सुधार समितिको सम्झौताअनुसार रिमाको पुछारमा रहेको खोला काईको मुहानबाट औलामा पानी ल्याउन आयोजनाको सर्वेक्षण भएको थियो। औला सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष कुमबहादुर पुर्जाले खोला सुक्ने, खेतमा पाइप गाड्दा भत्किने, आरिदह सुक्ने बहाना बनाएर अवरोध गरेको गुनासो गरे।
खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इञ्जिनीयर बालकृष्ण बुढाथोकीले औला सिँचाइ आयोजना निर्माण भएमा ५० हेक्टर जमिनमा सिँचाइ सुबिधा पुग्ने बताए।
चालु आर्थिक वर्षमा यो आयोजनाका लागि प्रदेश सरकारले ५० लाख विनियोजन गरेको छ। अन्नपूर्ण-७ का वडाध्यक्ष गमप्रसाद फगामीले रिमावासीलाई मनाएर सिँचाइ आयोजना निर्माणमा भएको अवरोध हटाउने बताएका छन्।
औलाका डेढ सय घरधुरी कृषकले सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जमिन बाँझै राख्नुपरेको गुनासो गरेका छन्। “गाउँ नजिकै बग्ने संसारे खोलाको पानी खेर गइरहेको छ”, स्थानीय दिपक पाइजाले भने, “सिँचाइ नभएर हाम्रा खेतबारी बाँझै छन्।” रासस
" /> म्याग्दी। मुहान विवादका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ औलामा निर्माण गर्न लागिएको सिँचाइ आयोजना अन्योलमा परेको छ।खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले गत असारमा औला सिँचाइ आयोजना निर्माण गर्न ५६ लाख ७१ हजार १४२ मा भगवति मालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो ।

">