लखनउ। भारतको समाजवादी पार्टीका प्रमुख तथा पूर्व मुख्य मन्त्री अखिलेश यादवलाई प्रहरीले अवरोध गरेको छ। लखनउमा सोमबार एक विरोध कार्यक्रममा सहभागी हुन गइरहेका बेला उनलाई प्रहरीले अवरोध गरेको हो।
प्रहरीले यसअघि पनि उनलाई पार्टीले कनौजमा आयोजना गरेको कार्यक्रममा सहभागी हुने बेलामा अवरोध गरेको थियो। उनी किसानहरूले आयोजना गरेको विरोध कार्यक्रममा ऐक्यबद्धता जनाउन लागेका थिए।
भारतमा कृषिसम्बन्धी नयाँ कानुनहरूप्रति असन्तुष्टि जनाउँदै केही समयदेखि किसानहरू आन्दोलित भएका छन्। उनीहरूको आन्दोलनप्रति यादवले यसअघि नै समर्थन जनाउँदै आएका छन्। पूर्व मुख्यमन्त्री यादवले केन्द्रीय सरकारले जारी गरेको कृषिसम्बन्धी नयाँ कानुन फिर्ता लिनुपर्नेमा जोड दिँदै आएका छन्।
“यदी नयाँ कानुनले किसानलाई फाइदा गर्दैन र किसानहरू खुशी छैनन् भने केन्द्रीय सरकारले कानुन किन फिर्ता लिँदैन?” उनले प्रश्न गरेका छन्।
उनले सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले लोकतन्त्रको अन्त्य गर्न र किसानहरूको आवाज दबाउन खोजेको आरोप पनि लगाएका छन्। “भाजपाले कार्यक्रम आयोजना गर्दा कोरोनाभाइरस नफैलिने अनि किसानहरूले आयोजना गर्दा फैलिने भन्ने हुन्छ र?” उनको प्रश्न थियो।
पूर्व मुख्यमन्त्री यादवले भाजपाका कार्यकर्ताले कार्यक्रम गर्दा कुनै कारबाही तथा अवरोध नहुने तर आफ्नो पार्टी र किसानहरूले कार्यक्रम गर्दा भने जेल जानु पर्ने वा अवरोध हुने गरेको भन्दै आपत्ति पनि जनाएका छन्।
रासस/एएनआई
" /> लखनउ। भारतको समाजवादी पार्टीका प्रमुख तथा पूर्व मुख्य मन्त्री अखिलेश यादवलाई प्रहरीले अवरोध गरेको छ। लखनउमा सोमबार एक विरोध कार्यक्रममा सहभागी हुन गइरहेका बेला उनलाई प्रहरीले अवरोध गरेको हो।प्रहरीले यसअघि पनि उनलाई पार्टीले कनौजमा आयोजना गरेको कार्यक्रममा सहभागी हुने बेलामा अवरोध गरेको थियो। उनी किसानहरूले आयोजना गरेको विरोध कार्यक्रममा ऐक्यबद्धता जनाउन लागेका थिए।

">