काठमाडौँ। लागूऔषध ब्राउनसुगरसहित झापामा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा ४२ वर्षीयगंगु सुब्बा र ४७ वर्षीय दिलिपकुमार राजवंशी रहेका छन्। सुब्बा दार्जिलिङस्थित पानी ट्याङ्की र राजवंशी चाहिँ झापाको बुद्धशान्ति गाउँपालिका–३ का हुन्।
उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा र सशस्त्र प्रहरी बल काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो।
टोलीले सुब्बाको साथबाट आठ ग्राम ब्राउनसुगर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाका अनुसार दिलिपकुमार भने सुब्बाट ब्राउनसुगर खरिद गर्दै गर्दा पक्राउ परेका हुन्।
प्रहरी टोलीले भारतीय २१ हजार रूपैयाँ पनि बरामद गरेको छ।
उनीहरू दुवैजनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।
" /> काठमाडौँ। लागूऔषध ब्राउनसुगरसहित झापामा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेहरूमा ४२ वर्षीयगंगु सुब्बा र ४७ वर्षीय दिलिपकुमार राजवंशी रहेका छन्। सुब्बा दार्जिलिङस्थित पानी ट्याङ्की र राजवंशी चाहिँ झापाको बुद्धशान्ति गाउँपालिका–३ का हुन्।

">