काठमाडौं। सिरहामा एक युवक मृत फेला परेका छन्। २५ वर्षीय रवीन्द्र यादव आफ्नै कोठामा सोमबार बिहान मृत फेला परेका हुन्।
उनी बरियारपट्टी गाउँपालिका-५ झिझौलका हुन्। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।
सोमबार नै कास्कीको पोखरा महानगरपालिका-१८ सिम्ताल सराङकोटमा एक जना महिलाको मृत्यु भएको छ।
डेरा गरी बस्ने ५५ वर्षीया मञ्जु राई आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन्। उनी ओखलढुंगाको वंखु गाउँपालिका-६ का हुन्।
यस्तै, अर्घाखाँचीको सीतगंगा नगरपालिका-२ फलाचौरस्थित सुपा मन्दिर नजिकै भीरमा पाणीनी गाउँपालिका-७ पालिका १९ वर्षीय अनिल आचार्य सोमबार मृत फेला परेका छन्।
सुपा मन्दिरमा उनी सुन्तला बेच्न गएका थिए। तर, घर फर्केर नआएपछि खोजी गर्ने क्रममा उनको शव भीरमा फेला परेको हो।
" /> काठमाडौं। सिरहामा एक युवक मृत फेला परेका छन्। २५ वर्षीय रवीन्द्र यादव आफ्नै कोठामा सोमबार बिहान मृत फेला परेका हुन्।उनी बरियारपट्टी गाउँपालिका-५ झिझौलका हुन्। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

">