काठमाडौँ। रौतहट हत्याकाण्डमा मुछिएका कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमका भाइ पक्राउ परेका छन्। जिल्लाको राजपुर नगरपालिका-४ बस्ने ५५ वर्षीय मोहम्मद महताब आलम आज पक्राउ परेका हुन्।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाबाट खटिएको प्रहरीले उनलाई रौतहटको बौधीमाई नगरपालिका-७ बड्की बंकुलबाट पक्राउ गरेको हो।
२०६४ चैत २७ गते साँझ साविक राजपुर फरदहवा गाविस-४ हाल राजपुर नगरपालिका-४ स्थित शेख इद्रिशको गोठ घरमा विस्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा बम विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह ताजपुतसमेत १५-१६ जना घाइते तथा २-३ जनाको मृत्यु भएको थियो ।
मृतक तथा घाइतेहरूलाई ट्याक्टरमा लोड गरी नजिकै रहेको इँटाभट्टामा लगी जलाएको घटनामा महताबको पनि संलग्नता देखिएको थियो। उनी लामो समयदेखि फरार थिए।

प्रारम्भिक अनुसन्धानमा महताबले आफ्नो दाइ मोहम्मद अफताब आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसहरूलाई ट्याक्टरमा राखी इँटाभट्टामा जलाएको स्वीकार गरेको २ नम्बर प्रदेश कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआइजी) धिरजप्रताप सिंहले बताए।
उक्त घटनामा अफताब आलमलाई मुख्य योजनाकार मानिएको छ।
२०६४ चैत २८ गते भएको संविधानसभाको चुनावलाई लक्षित गरी धाँधली गरेरै भए पनि जित्नका लागि अफताबले बम विस्फोट काण्ड घटाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
" /> काठमाडौँ। रौतहट हत्याकाण्डमा मुछिएका कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमका भाइ पक्राउ परेका छन्। जिल्लाको राजपुर नगरपालिका-४ बस्ने ५५ वर्षीय मोहम्मद महताब आलम आज पक्राउ परेका हुन्।२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाबाट खटिएको प्रहरीले उनलाई रौतहटको बौधीमाई नगरपालिका-७ बड्की बंकुलबाट पक्राउ गरेको हो।

">