काठमाडौं। सर्वोच्च अदालतले थुनामा रहेका नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदरकुमार न्यौपानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश मीरा खड्काको एकल इजलासले प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोको नाममा उक्त आदेश जारी गरेको हो।
ठगी मुद्दाका आरोपी नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई भइरहेको छ।
गत शुक्रबार न्यौपानेको तर्फबाट निर्मल न्यौपानेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दामा रिट दर्ता गराएका थिए।
रिटमार्फत उनले प्रहरीको थुनामा रहेका न्यौपानेलाई थुनामुक्त गर्न माग गरेका थिए।
थुनामुक्त गर्न आदेश नदिए पनि अदालतले थुनामा राखेकोबारे कारण देखाऊ आदेश जारी गरेको हो।
यसअघि आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा उक्त रिटको पेसी तोकिएको थियो। तर, हेर्न नमिल्ने भएपछि आज (सोमबार) न्यायाधीश खड्काको इजलासमा पेसी तोकिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन करोड ७१ लाख रूपैयाँ ठगी आरोपमा न्यौपानेलाई मङ्सिर १० गते पक्राउ गरेको थियो।
उनीविरूद्ध सीआईबीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। सर्वोच्च अदालतले थुनामा रहेका नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदरकुमार न्यौपानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।न्यायाधीश मीरा खड्काको एकल इजलासले प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोको नाममा उक्त आदेश जारी गरेको हो।

">