काठमाडौँ। हिन्दू धर्मगुरु ‘सिद्धबाबा रामकृष्णाचार्य श्री वैष्णव कृष्णदास’ भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीले बहस गराएर सफाइ दिएको छ।

मुद्दाको प्रतिवादी रहेका सिद्धबाबा पक्षीय वकिलहरूले सोमबार बहस गरेको थिए। वादीतर्फबाट सरकारी वकिल कार्यालयका कोही पनि उक्त बहसमा उपस्थित थिएनन्। मुद्दाका प्रतिवादीले अदालतका प्रमुख न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासमा बहस गरेका हुन्।

प्रतिवादी पक्षीका वकिलहरूको एकतर्फी बहस सुनेपछि प्रमुख न्यायाधीश कोइरालाले बलात्कारको अभियोग नठहरिने भन्दै सिद्धबाबालाई सफाइ दिएका हुन्।

मुद्दाको वादी रहेको सरकारी वकिल कार्यालयबाट न्यायाधिवक्ताको अनुपस्थिति हुँदा समेत अदालतबाट मुद्दाको सुनुवाइ गर्दै फैसला भएको हो।

सर्वोच्च अदालतसम्म पुगेको उक्त मुद्दाको मिसिल महान्यायाधिवक्ताको कार्यालयमा रहेको र कार्यालयले पठाइनसकेकोले पेशी सार्न सरकारी वकिल कार्यालय सुनसरीले अनुरोधसहितको पत्र अदालत पठाएको थियो।

तर अदालतले पत्र दर्ता नगरी मुद्दामाथि बहस गराएको सरकारी वकिल कार्यालय सुनसरीले जनाएको छ।

जिल्ला न्यायाधिवक्ता गोकुल निरौलाले मिसिल नभएकाले सोमबार (आज)का लागि तोकिएको पेशी सार्न माग गरे पनि सुनुवाइ नभएको बताएका छन्।

उनले पत्र दर्ता नभएपछि इमेल पनि पठाएको तर अदालतबाट प्रतिक्रिया नआएको बताए।

अधिवक्ता दीपेन्द्र राईले सरकारी वकिल कार्यालयको कारण जनाएर पत्र पठाएको अवस्थामा जिल्ला अदालतले मुद्दाको पेशी सार्नुपर्ने बताए। तर कारणसहितको पत्रअनुसार पेशी नसारी सरकारी वकिल कार्यालयको अनुपस्थितिमा बहस गराउनु गलत भएको उनको ठहर छ।

सिद्धबाबा निर्दोष रहेको र थुनामा नराख्न माग गर्दै सर्वोच्च अदालतमा दायर निवेदनमाथि सुनुवाइ गर्दै अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले मंसिरको १२ गते तत्काल प्राप्त प्रमाणको आधारमा अहिले नै निर्दोष रहेको भन्न नसकिने ठहर गरेको थियो।

पीडितको किटानी जाहेरी, मौकामा गरेको कागज, वारदात समय, मोबाइल सन्देश र श्रव्य सन्देशको प्रामाणिकता प्राविधिक जाँचबाट पुष्टि भएको अवस्थालगायत आधारमा सिद्धबाबा निर्दोष रहेको भन्न नसकिने ठहर अदालतले गरेको हो।

यसको आधारमा अदालतले “कानुनबमोजिम गर्नू” भन्ने अन्तिम आदेश दिएको थियो।

उक्त आदेशपछि सुनसरी जिल्ला अदालतमा सोमबार उक्त मुद्दाको सुनुवाइ भएको हो। सोही अदालतले गत वर्षको पुस १४ गते सिद्धबाबालाई तीन लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

त्यसपछि उच्च अदालत विराटनगरमा सरकारी वकिल कार्यालयले मुद्दाको पुनरावेदन गरेको थियो र गत वर्षकै माघ ९ गते अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश बेरितको भन्दै सिद्धबाबालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो।

गत वर्षको कात्तिक ४ गते आफ्ना एक अनुयायीलाई आश्रममै बलात्कार गरेको आरोप उनीमाथि लागेको थियो। सिद्धबाबाको आश्रम सुनसरीको चतराधाममा छ। आफू सिद्धबाबाबाट बलात्कृत भएको भन्दै गत वर्षको मंसिर १६ गते महिलाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

" /> काठमाडौँ। हिन्दू धर्मगुरु ‘सिद्धबाबा रामकृष्णाचार्य श्री वैष्णव कृष्णदास’ भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीले बहस गराएर सफाइ दिएको छ।

"> बलात्कार मुद्दामा सिद्धबाबाले पाए सफाइ: Dekhapadhi
बलात्कार मुद्दामा सिद्धबाबाले पाए सफाइ

प्रतिक्रिया दिनुहोस्