काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोलमा एक जना युवकको ६ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।
डेरा गरी बस्ने २७ वर्षीय रूद्रबहादुर थापाको कोठाबाट सुनका विभिन्न गहना, एक थान ल्यापटप र नगद १० हजार रूपैयाँ चोरी भएको हो।
थापाको कोठामा आइतबार दिउँसो चोरी भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
यस्तै, मोरङको विराटनगर महानगरपालिका-११ बसपार्क पछाडि बस्ने दिनेशकुमार कार्कीको घरबाट दुई लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।
आइतबार लत्ताकपडा, बाथरूममा प्रयोग गर्ने स्टिलको धारा लगायतका सामानसमेत गरी उक्त परिमाणको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोलमा एक जना युवकको ६ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।डेरा गरी बस्ने २७ वर्षीय रूद्रबहादुर थापाको कोठाबाट सुनका विभिन्न गहना, एक थान ल्यापटप र नगद १० हजार रूपैयाँ चोरी भएको हो।

">