लागुऔषधसहित आठजना पक्राउ
काठमाडौं। रूपन्देहीको बुटवल उपमहानगरपालिका-९, बसपार्कबाट दुईजना गाँजासहित पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा सोही उपमहानरगपालिका-११, देवीनगरका २० वर्षीय पदम थापा र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर छन्।

उनीहरूको साथबाट प्रहरीले ८०० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ।

प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा गाँजा फेला परेपछि उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

यस्तै, दाङको गढवा गाउँपालिका-१, जुरौनीका ३२ वर्षीय गफुर मियाँसहित ६ जना करिब ३० ग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्।

आइतबार राति इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थाल्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्