बैतडी। महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर-दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका-१ भर्तोलामा गएराति ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका-५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए। मृतक अन्य दुईको पहिचान हुन सकेको छैन। उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो।
गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना. ३ ख ३४८५ नम्बरको ट्रक गएराति सवा १० बजे दुर्घटनामा परेको हो। ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ।
ट्रकमा सवार तीनैजनाको मृत्यु भएकाले दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।
" /> बैतडी। महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर-दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका-१ भर्तोलामा गएराति ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका-५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए। मृतक अन्य दुईको पहिचान हुन सकेको छैन। उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो।

">