चितवन। पूर्वी चितवनमा हिजो भएका फरक-फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ। मोटरसाइकललाई गाडी र ट्याक्टरले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा प्रहरी जवान सुजन न्यौपाने रहेका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका-६ मा पूर्वतर्फ जाँदै गरेको ना. ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई ना. ६ त ३३८१ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।
ट्याक्टरको ठक्करबाट सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा दरबन्दी भई इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत ३३ वर्षीय न्यौपानेको मृत्यु भएको हो। राति ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति नै मृत्यु भएको हो।
यस्तै गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका-७ का ३५ वर्षीय विजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका-१ बहेडाचोकमा ग. १ च ९७२१ नम्बरको स्कारपियो गाडीले ना २९ प ९७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मनहरीबाट भरतपुरतर्फ आउँदै गरेको गाडीले विपरीत दिशाबाट गइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट घाइते चौधरीको उपचारका क्रममा भरतपुर अस्पतालमा राति मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
" /> चितवन। पूर्वी चितवनमा हिजो भएका फरक-फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ। मोटरसाइकललाई गाडी र ट्याक्टरले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा प्रहरी जवान सुजन न्यौपाने रहेका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका-६ मा पूर्वतर्फ जाँदै गरेको ना. ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई ना. ६ त ३३८१ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

">