१२ जुवाडे पक्राउ <p>मनोज रेष्टुरेन्टमा जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेर होटल सञ्चालक मनोज धानुकसहित जुवा खेल्ने अन्य ११ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। जुवाको खालबाट प्रहरीले ५३ हजार ४० रुपैयाँ बरामदसमेत गरेको छ।</p> <p>पक्राउ परेमाथि उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्ने वा सट्टाबाजी गर्न नहुने ऐनअन्तर्गत अनुसन्धान भइरहेको कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र चन्दले जानकारी दिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्