काठमाडौँ। धामी झाँक्रीले प्रयोग गर्ने थुरमीमा तान्त्रिक शक्ति रहेको भन्दै मानिसहरूलाई लोभ लालचमा पारी ठगी गर्न खोजेको आरोपमा दुईजना पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर ललितपुरले काठमाडौंको मिलनचोक बस्ने ४५ वर्षीय जीवन प्रजा र धुम्बाराही बस्ने ४३ वर्षीय जय गिरीलाई पक्राउ गरेको हो।
पक्राउ परेका प्रजा मकवानपुरको मनहरी गाउँपालिका–७ र गिरी ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१२ का हुन्।
उनीहरूले विगत दुई महिनादेखि धामी झाँक्रीले प्रयोग गर्ने थुरमीमा तान्त्रिक शक्ति रहेको भनी सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर मानिसहरूमा भ्रम फैलाउँदै लोभ लालचमा पारी ठगी गर्न खोजेको ललितपुर प्रहरी प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए।
कुपण्डोलबाट उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको एसपी महर्जनले बताएका छन्।
" /> काठमाडौँ। धामी झाँक्रीले प्रयोग गर्ने थुरमीमा तान्त्रिक शक्ति रहेको भन्दै मानिसहरूलाई लोभ लालचमा पारी ठगी गर्न खोजेको आरोपमा दुईजना पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर ललितपुरले काठमाडौंको मिलनचोक बस्ने ४५ वर्षीय जीवन प्रजा र धुम्बाराही बस्ने ४३ वर्षीय जय गिरीलाई पक्राउ गरेको हो।

">