काबुल। अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ।
कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ।
शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी रहेको अफगान रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले कारबाहीका क्रममा ठूलो मात्रामा हातहतियार र बारुदी सुरुङसमेत बरामद गरिएको बताएको छ।
तालिबान विद्रोहीहरले उक्त घटनाका बारेमा केही बताउन चाहेका छैनन्।
रासस/सिन्ह्वा
" /> काबुल। अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ।कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ।

">