वासिङ्टन। अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ। संयुक्त राज्य अमेरिकाले लगातार तेस्रो दिन पनि गत २४ घण्टामा कोरोनाभाइरसबाट २ लाख ३० हजार थप व्यक्ति संक्रमित भएका जोन्स हप्किङ्स विश्वविद्यालयले जानकारी दिएको छ।
त्यसै गरी गत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ हजार ५२७ जनाको मृत्यु भएको बाल्टिमोरआबद्ध विश्वविद्यालयले शनिबार राति ८ बजे जानकारी दिएको छ। गत वर्षको डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको कारण अमेरिका सबभन्दा बढी प्रभावित भएको छ।
अमेरिका गत दुई हप्तादेखि लगातार प्रत्येक दिन कोरोना भाइरस संक्रमणको कारण २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइरहेको जनाइएको छ।
अमेरिकामा कोरोना भाइरस शुरु भएदेखि हालसम्म १ करोड ४६ लाख व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने यस संक्रमणबाट २ लाख ८१ हजार व्यक्तिको मृत्यु भइसेकेको छ।
रासस/एएफपी
" /> वासिङ्टन। अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ। संयुक्त राज्य अमेरिकाले लगातार तेस्रो दिन पनि गत २४ घण्टामा कोरोनाभाइरसबाट २ लाख ३० हजार थप व्यक्ति संक्रमित भएका जोन्स हप्किङ्स विश्वविद्यालयले जानकारी दिएको छ।त्यसै गरी गत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ हजार ५२७ जनाको मृत्यु भएको बाल्टिमोरआबद्ध विश्वविद्यालयले शनिबार राति ८ बजे जानकारी दिएको छ। गत वर्षको डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको कारण अमेरिका सबभन्दा बढी प्रभावित भएको छ।

">