बुखारेस्ट। पूर्वी युरोपेली मुलुक रोमानियामा आज संसदका लागि आमनिर्वाचन हुँदै छ। कोरोनाभाइरस महामारी नियन्त्रणका लागि सरकारको प्रयासलाई लिएर आलोचना भइरहे पनि वर्तमान युरोपेली पक्षधर सरकारले नै विजय हासिल गर्ने अनुमान गरिएको छ।
चुनावका लागि मतदान केन्द्रहरू बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म खुला रहने निर्वाचन आयोगले जनाएको छ। चुनावको पहिलो नतिजा अबेर रातिसम्ममा प्राप्त हुने अपेक्षा गरिएको छ।
मतदान केन्द्रहरूमा कोरोनाभाइरसबाट सचेतता अपनाउन सामाजिक दूरी, मास्क लगाउने र हातधुने विधि अपनाइने आयोगले जनाएको छ।
पछिल्ला केही समयदेखि राष्ट्रवादीहरू लोकप्रिय नारा दिएर चर्चामा रहे पनि उदारवादी प्रधानमन्त्री लुडोभिक ओर्बानले युरोपकै सबैभन्दा गरिब राष्ट्र रोमानियालाई आधुनिक र युरोपेली मुलुककै मापदण्डमा उभ्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओर्बानले गत वर्षदेखि नै अल्पमतको सरकारको नेतृत्व गरिरहेका छन्।
आइमास इन्स्टिच्यूटले हालै प्रकाशन गरेको जनमत सर्वेक्षणमा ओर्बानको नेसनल लिबरल पार्टी (पिएनएल)ले २८ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरेको छ। विपक्षी सोसल डेमोक्रेटिक पार्टी (पिएसडी)ले २३ प्रतिशत मत प्राप्त गर्ने आइमासले प्रक्षेपण गरेको छ।
हालै गठन भएको मध्य-दक्षिणपन्थी गठबन्धन युएसआर-प्लसले करिब १८ प्रतिशत मत प्राप्त गर्ने अनुमान छ। रोमानियाली राजनीतिमा पछिल्ला केही समयदेखि यस गठबन्धनले प्रभाव सिर्जना गर्न थालेको छ।
आइमासले रोमानियामा यसपटक ४० प्रतिशतभन्दा बढी मतदान नहुने प्रक्षेपण गरेको छ।
रासस/एएफपी
" /> बुखारेस्ट। पूर्वी युरोपेली मुलुक रोमानियामा आज संसदका लागि आमनिर्वाचन हुँदै छ। कोरोनाभाइरस महामारी नियन्त्रणका लागि सरकारको प्रयासलाई लिएर आलोचना भइरहे पनि वर्तमान युरोपेली पक्षधर सरकारले नै विजय हासिल गर्ने अनुमान गरिएको छ।चुनावका लागि मतदान केन्द्रहरू बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म खुला रहने निर्वाचन आयोगले जनाएको छ। चुनावको पहिलो नतिजा अबेर रातिसम्ममा प्राप्त हुने अपेक्षा गरिएको छ।

">