काठमाडौं । बागलुङमा दुई थान भरुवा बन्दुक प्रहरीले जङ्गलबाट बरामद गरेको छ।
बरेङ गाउँपालिका-२, जुरेढुंगामा रहेको सामुदायिक वन र कान्ले जंगलबाट भरुवा बन्दुक शनिबार बेलुकी प्रहरीले बरामद गरेको हो ।
दुवै बन्दुक बेवारिसे अवस्थामा फेला परेको हो।
घरेलु हतियारहरू लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बरेङडाडाबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो।
कसले हतियार राखेको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।