बलात्कार प्रयासको आरोपमा एक युवक पक्राउ
<p style="text-align: justify;">काठमाडौं । तेह्रथुममा ५१ वर्षीया महिलामाथि बलात्कार प्रयास भएको छ।</p>
<p style="text-align: justify;">बलात्कार प्रयास गरेको आरोपमा फेदाप गाउँपालिका-३ जलजलेका २५ वर्षीय सिंहराज खापुङलाई प्रहरीले पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">उनले मादक पदार्थ सेवन गरी महिलामाथि शुक्रबार दिउँसो बलात्कार प्रयास गरेको प्रहरी चौकी पोक्लाबाङले जनाएको छ।</p>
<p style="text-align: justify;">खापुङलाई जबर्जस्ती करणी उद्योगसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको प्रहरीको भनाइ छ। </p>