दमक। मोटरसाइकलको ठक्करबाट गएराति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी-११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रकाश जवेगुका अनुसार को २ प ६९७० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका विष्टको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा बिष्टसँगै रहेका स्थानीय ईश्वरी तिम्सिना पनि घाइते भएकाे र उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
विपरीत दिशाबाट आएको ट्रकको लाइट जुधेर मोटरसाइकल चालकले पैदलयात्री नदेख्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।
दुर्घटना गराउने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार भएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। रासस
" /> दमक। मोटरसाइकलको ठक्करबाट गएराति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ।पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी-११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

">