डोटी। डोटीको बोगटान फुड्सिल गाउँपालिका–७, सेउणीखेत पिउसिया भीरमा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नम्ब।को जीप गएराति करिब १ बजेतिर दुर्घटनामा परेको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, उनकी सासू करिब ५५ वर्षकी नाम नखुलेको, केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन्।
यसैगरी उक्त दुर्घटनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी तथा नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक छन्।
दुर्घटनामा परी ज्यान गुमाउने तथा घाइते भएकाहरूको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गएरातिनै प्रहरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
जीप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
अहिले घटनास्थलबाट घाइतेको उद्धार तथा मृतकको शव संकलनको कार्य जारी रहेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक चन्दले जानकारी दिए। रासस
" /> डोटी। डोटीको बोगटान फुड्सिल गाउँपालिका–७, सेउणीखेत पिउसिया भीरमा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नम्ब।को जीप गएराति करिब १ बजेतिर दुर्घटनामा परेको हो।

">