काठमाडौँ। नेपाली समाजमा सामान्यतः एकपटक विवाह गरिन्छ। त्यसपछि फेरि विवाह गर्न कानुनी अड्चन छ। सम्बन्ध विच्छेद नहुँदासम्म दोस्रो विवाह गर्न मनाही छ। कानुनमा त्यस्ता अरू केही प्रावधान छन्, त्यस्तो अवस्थामा पनि विवाह गर्न मिल्दैन।

तर, सल्यानका एकजना वडाअध्यक्षले नै तेस्रोपटक विवाह गरेका छन्, अर्थात् विवाह गराइमा उनले ह्याट्रिक गरेका छन्। ती वडाअध्यक्ष हुन्, ईन्द्रकुमार कुमाइ। उनी वनगाड कुपिण्डे नगरपालिका–९ का वडाअध्यक्ष हुन्।

वडाअध्यक्ष कुमाइको तेस्रो श्रीमती बनेकी चाहिँ ग्वामी विष्ट हुन्। गाउँकै नोखिराम बोहोरालाई उनकी श्रीमती विष्टलाई लगेबापत् तीन लाख ८० हजार रूपैयाँ जारी तिरेको र तीन लाख ९५ हजार ऋण तिर्न पैसा वडाअध्यक्ष कुमाइले दिएको पाइएको प्रहरीले जनाएको छ।

जारी तिरेर भए पनि तेस्रोपटक विवाह गर्ने वडाध्यक्ष कुमाइ र उनको तेस्रो श्रीमतीलाई प्रहरीले शनिबार साँझ जयतपानी बजारबाट नियन्त्रणमा लिएको छ। हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

“बहुविवाहको जाहेरी परेपछि उहाँहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ,” जिल्ला प्रहरी कार्यालय प्रमुख तथा डीएसपी गोविन्द थापाले बताए।

प्रहरीमा जाहेरी दिने वडाअध्यक्ष कुमाइका अघिल्ला श्रीमतीहरू नभएर वडावासीहरू हुन्। डीएसपी थापाका अनुसार अनुसन्धानको क्रममा वडाध्यक्ष कुमाइका पहिलो श्रीमतीबाट दुई छोरी र दोस्रो श्रीमतीबाट दुई छोरा रहेको खुलेको छ।

दुई श्रीमती र वडाध्यक्ष कुमाइको यसअघि नै विवाह दर्ता नभएको बताइएको छ र तेस्रो श्रीमतीको पनि पहिलो श्रीमान्बाट पाँच सन्तान रहेको खुलेको छ।

" /> काठमाडौँ। नेपाली समाजमा सामान्यतः एकपटक विवाह गरिन्छ। त्यसपछि फेरि विवाह गर्न कानुनी अड्चन छ। सम्बन्ध विच्छेद नहुँदासम्म दोस्रो विवाह गर्न मनाही छ। कानुनमा त्यस्ता अरू केही प्रावधान छन्, त्यस्तो अवस्थामा पनि विवाह गर्न मिल्दैन।

तर, सल्यानका एकजना वडाअध्यक्षले नै तेस्रोपटक विवाह गरेका छन्, अर्थात् विवाह गराइमा उनले ह्याट्रिक गरेका छन्। ती वडाअध्यक्ष हुन्, ईन्द्रकुमार कुमाइ। उनी वनगाड कुपिण्डे नगरपालिका–९ का वडाअध्यक्ष हुन्।

वडाअध्यक्ष कुमाइको तेस्रो श्रीमती बनेकी चाहिँ ग्वामी विष्ट हुन्। गाउँकै नोखिराम बोहोरालाई उनकी श्रीमती विष्टलाई लगेबापत् तीन लाख ८० हजार रूपैयाँ जारी तिरेको र तीन लाख ९५ हजार ऋण तिर्न पैसा वडाअध्यक्ष कुमाइले दिएको पाइएको प्रहरीले जनाएको छ।

जारी तिरेर भए पनि तेस्रोपटक विवाह गर्ने वडाध्यक्ष कुमाइ र उनको तेस्रो श्रीमतीलाई प्रहरीले शनिबार साँझ जयतपानी बजारबाट नियन्त्रणमा लिएको छ। हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

“बहुविवाहको जाहेरी परेपछि उहाँहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ,” जिल्ला प्रहरी कार्यालय प्रमुख तथा डीएसपी गोविन्द थापाले बताए।

प्रहरीमा जाहेरी दिने वडाअध्यक्ष कुमाइका अघिल्ला श्रीमतीहरू नभएर वडावासीहरू हुन्। डीएसपी थापाका अनुसार अनुसन्धानको क्रममा वडाध्यक्ष कुमाइका पहिलो श्रीमतीबाट दुई छोरी र दोस्रो श्रीमतीबाट दुई छोरा रहेको खुलेको छ।

दुई श्रीमती र वडाध्यक्ष कुमाइको यसअघि नै विवाह दर्ता नभएको बताइएको छ र तेस्रो श्रीमतीको पनि पहिलो श्रीमान्बाट पाँच सन्तान रहेको खुलेको छ।

"> वडाअध्यक्षको ह्याट्रिक विवाह, बेहुलीसहित पक्राउ: Dekhapadhi
वडाअध्यक्षको ह्याट्रिक विवाह, बेहुलीसहित पक्राउ
काठमाडौँ। नेपाली समाजमा सामान्यतः एकपटक विवाह गरिन्छ। त्यसपछि फेरि विवाह गर्न कानुनी अड्चन छ। सम्बन्ध विच्छेद नहुँदासम्म दोस्रो विवाह गर्न मनाही छ। कानुनमा त्यस्ता अरू केही प्रावधान छन्, त्यस्तो अवस्थामा पनि विवाह गर्न मिल्दैन।

तर, सल्यानका एकजना वडाअध्यक्षले नै तेस्रोपटक विवाह गरेका छन्, अर्थात् विवाह गराइमा उनले ह्याट्रिक गरेका छन्। ती वडाअध्यक्ष हुन्, ईन्द्रकुमार कुमाइ। उनी वनगाड कुपिण्डे नगरपालिका–९ का वडाअध्यक्ष हुन्।

वडाअध्यक्ष कुमाइको तेस्रो श्रीमती बनेकी चाहिँ ग्वामी विष्ट हुन्। गाउँकै नोखिराम बोहोरालाई उनकी श्रीमती विष्टलाई लगेबापत् तीन लाख ८० हजार रूपैयाँ जारी तिरेको र तीन लाख ९५ हजार ऋण तिर्न पैसा वडाअध्यक्ष कुमाइले दिएको पाइएको प्रहरीले जनाएको छ।

जारी तिरेर भए पनि तेस्रोपटक विवाह गर्ने वडाध्यक्ष कुमाइ र उनको तेस्रो श्रीमतीलाई प्रहरीले शनिबार साँझ जयतपानी बजारबाट नियन्त्रणमा लिएको छ। हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

“बहुविवाहको जाहेरी परेपछि उहाँहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ,” जिल्ला प्रहरी कार्यालय प्रमुख तथा डीएसपी गोविन्द थापाले बताए।

प्रहरीमा जाहेरी दिने वडाअध्यक्ष कुमाइका अघिल्ला श्रीमतीहरू नभएर वडावासीहरू हुन्। डीएसपी थापाका अनुसार अनुसन्धानको क्रममा वडाध्यक्ष कुमाइका पहिलो श्रीमतीबाट दुई छोरी र दोस्रो श्रीमतीबाट दुई छोरा रहेको खुलेको छ।

दुई श्रीमती र वडाध्यक्ष कुमाइको यसअघि नै विवाह दर्ता नभएको बताइएको छ र तेस्रो श्रीमतीको पनि पहिलो श्रीमान्बाट पाँच सन्तान रहेको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्