काठमाडौँ। अपराधशास्त्रीहरूका अनुसार समाजबाट अपराध निमिट्यान्न हुँदैन, न्यूनीकरण चाहिँ हुन्छ।
त्यही भएर मुुलुकी अपराध संहिता, २०७४ ले अपराधको रूपमा स्वीकारेको बाल यौन दुराचारदेखि अप्राकृतिक मैथुनजस्ता अपराधलाई न्यूनीकरण गर्न सरकारी र गैरसरकारी निकायहरूको एकीकृत प्रयास जारी छ।
तर, बाल यौन दुराचार र अप्राकृतिक मैथुनका घटना न्यूनीकरण त होइन, बढोत्तरी हुँदै गएको देखिएको छ। अर्थात्, परिणाम सुल्टो हुनुपर्नेमा ठीक उल्टो देखिएको छ।
प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/०७६ मा देशभर २१९ वटा बाल यौन दुराचारका घटना भयो। सोही वर्ष २५ वटा अप्राकृतिक मैथुनका घटना घटे। २०७६/०७७ मा बाल यौन दुराचारका घटना २३२ वटा भयो र अप्राकृतिक मैथुनको घटना पनि बढेर २७ पुग्यो।
पछिल्लो दुई आर्थिक वर्षमा दुवै अपराधको घटना बढेको त देखियो नैै, चालु आर्थिक वर्षमा पनि बढ्ने देखिएको छ।
चालु आर्थिक वर्षको कात्तिकसम्मको तथ्याङ्कमै बाल यौन दुराचारको घटना ८३ वटा पुगेको छ। अप्राकृतिक मैथुनकै पनि कात्तिकसम्ममा १२ वटा घटना भएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवर बाल यौन दुराचारको घटना बढी देखिँदै जानुमा “घटनाको सार्वजनिकीकरण”लाई मान्छन्।
प्रहरीको ‘मोबिलिटी’ बढ्दा घटेका घटनाहरू बाहिर आएको उनले बताए। फेरि, मानिसहरू सचेत भएर बाल यौन दुराचारदेखि अप्राकृतिक मैथुनका घटना लुकाएर होइन, प्रहरीमा उजुरी गरेर कानुनी उपचार खोज्नुपर्छ भन्ने पक्षमा रहेको उनले बताए।
“मान्छेले पहिले घटनाहरू लुकाउँथे, आपसमा मेलमिलाप गर्थे, अचेल सचेत भएर मिलाउने होइन, प्रहरीकहाँ उजुरी गरौँ र कानुनी उपचार खोजौँ भन्ने पक्षमा छन्,” उनले देखापढीसँग भने, “यसरी भएका घटनालाई समाजमै मिलाएर राख्नुभन्दा पनि सार्वजनिकीकरण गर्दै जाँदा घटनाको तथ्याङ्क बढी देखिएको हो।”
बाल यौन दुराचारको सर्वाधिक घटना प्रदेश १ मा भएको छ, जहाँ अघिल्लो दुई आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र चालु आर्थिक वर्ष २०७७/०७८ को कात्तिकसम्ममा कूल ११६ वटा घटना भएको देखिएको छ।
सोही अवधिमा बागमती प्रदेशमा ८८, लुम्बिनी प्रदेशमा ८२, प्रदेश २ र गण्डकी प्रदेशमा समान ७४-७४ वटा, काठमाडौं उपत्यकामा ६७ वटा घटना घटेको पाइएको छ।
सुदूरपश्चिम प्रदेशमा १९ वटा हुँदा कर्णाली प्रदेशमा जम्मा एउटा बाल यौन दुराचारको घटना भयो।
नेपाल प्रहरी आफैले पनि विद्यालयस्तरमा बाल यौन दुराचारका घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्देखि जिल्लास्थित जिल्ला बाल कल्याण समिति, स्थानीय तहको महिला, बालबालिका शाखासँगै बाल अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाहरूलेपनि सचेतनामूलक कार्यक्रम गर्दै आएका छन्।
परिणामस्वरूप घटेका बाल यौन दुराचारसँगै अप्राकृतिक मैथुनसम्बन्धीका घटनाहरू सार्वजनिक भएको मत राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेल पनि छ।
कानुनतः बालबालिकाको यौनाङ्गहरू छुनेसँगै चलाउने, सुम्सुम्याउने, चुम्बन गर्ने, मुसार्नेलगायत कार्यलाई बाल यौन दुराचारको रूपमा मानिन्छ, जुन दण्डनीय हुन्छन्।
हालसम्म घट्दै आएका घटनाहरूको विश्लेषणको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सातदेखि बढीमा १४-१५ वर्षसम्मका बालबालिकामाथि यौन दुराचार हुने गरेको तथ्य बाहिर ल्याएको छ। बाल यौन दुराचारीको टार्गेटमा आर्थिक अवस्था कमजोर भएका परिवारमा हुर्किएको बालबालिका पर्ने गरेको पनि सीआइबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे बताउँछन्।
उनका अनुसार अधिकांश यौन दुराचारीहरूले अभिभावकलाई आर्थिक सहयोग गर्ने, रोजगारीको आश्वासन दिने, बालबालिकालाई पढाइ खर्च उपलब्ध गराउनेलगायतका काम गरी आफूहरूसँग नजिक्याउने गरेको देखिएको छ।
बाल यौन दुराचारमा परेका पीडित बालबालिकाहरूमा घटनाको दोषी आफूलाई मान्दै पछुतो मान्ने, लज्जित हुने, डर र भय मान्नेलगायतका समस्यामा देखिने गरेको बताइन्छ।
" /> काठमाडौँ। अपराधशास्त्रीहरूका अनुसार समाजबाट अपराध निमिट्यान्न हुँदैन, न्यूनीकरण चाहिँ हुन्छ।त्यही भएर मुुलुकी अपराध संहिता, २०७४ ले अपराधको रूपमा स्वीकारेको बाल यौन दुराचारदेखि अप्राकृतिक मैथुनजस्ता अपराधलाई न्यूनीकरण गर्न सरकारी र गैरसरकारी निकायहरूको एकीकृत प्रयास जारी छ।

">