दमौली। युवा साहित्यकार आकाश अधिकारीद्वारा लिखित दुई पुस्तकको एकैसाथ आज विमोचन गरिएको छ। अधिकारीले लेखेका कविता सङ्ग्रह ‘आकाश खुल्दैछ’ र नाटक सङ्ग्रह ‘बिस्कुन बालुवाको’को आज दमौलीमा विमोचन गरिएको हो।
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताले मानिसलाई मृत्युपछि पनि चिनाउने माध्यम साहित्य रहेकोमा जोड दिएका छन्। साहित्यकार डिल्लीराम मिश्रले हरेक अभिव्यक्त गर्ने प्रमुख माध्यम साहित्य बनेको बताए।
शुक्ला साहित्य सङ्गमका संरक्षक शेषमणि आचार्यले गुणात्मक सिर्जना गर्न सके उक्त सिर्जना युगयुगसम्म बाँच्न सक्ने बताउँदै समाजलाई अग्रगतिमा लैजान साहित्यकारले कलम चलाउनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा गण्डकी वाङ्मय प्रतिष्ठानका संस्थापक अध्यक्ष काशीनाथ न्यौपानेले साहित्यकारले कृतिभित्र अलङ्कार भाषित गर्नुपर्नेमा जोड दिए। व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले साहित्यिक क्षेत्रको विकासका लागि नगरपालिका सदैव तयार रहेको बताएका छन्। सोही कार्यक्रममा व्यास क्षेत्र विकास कोषका महासचिव विष्णुभक्त सिग्देलले समृद्ध नेपाल बनाउने अभियानमा साहित्यकारले कलम चलाउनुपर्नेमा जोड दिए।
रासस
" /> दमौली। युवा साहित्यकार आकाश अधिकारीद्वारा लिखित दुई पुस्तकको एकैसाथ आज विमोचन गरिएको छ। अधिकारीले लेखेका कविता सङ्ग्रह ‘आकाश खुल्दैछ’ र नाटक सङ्ग्रह ‘बिस्कुन बालुवाको’को आज दमौलीमा विमोचन गरिएको हो।गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताले मानिसलाई मृत्युपछि पनि चिनाउने माध्यम साहित्य रहेकोमा जोड दिएका छन्। साहित्यकार डिल्लीराम मिश्रले हरेक अभिव्यक्त गर्ने प्रमुख माध्यम साहित्य बनेको बताए।

">