वासिङटन। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अफगानिस्तानको सरकार र तालिबानी समूहबीचको वार्ता चलिरहेका बेला अफगानिस्तानमा हिंसा हुन नहुने बताएका छन्। उनले यसरी यी दुई पक्षबीच शान्ति वार्ता जारी नै रहेका बेला यता अफगानिस्तानमा ठूलो हिंसा हुँदा यसबाट सो वार्ता भड्किने पनि सक्ने बताइएको छ।
विदेशमन्त्री पोम्पेओले शान्ति वार्ता जारी नै रहेका बेलामा ठूला प्रकृतिका हिंसा बढ्दा त्यसले वार्ता नै भंग हुनसक्ने बताएका छन्। विदेशमन्त्री पोम्पेओले शुक्रबार आयोजना गरिएको एक भर्चुअल बैठकमा सो कुरा बताएका छन्।
उनले यस विषयमा भनेका थिए- जस्तो कि अफगानिस्तानको विषयमा शान्ति वार्ता कतारको राजधानी दोहामा सुरु भएको छ त्यसैले एकातर्फ शान्ति वार्ता गर्ने र अर्कातर्फ देशभित्र हिंसा पनि गर्ने काम गर्न मिल्दैन, यस्तै कसैले पनि गर्नु हुँदैन।
तालिबान सरकार र तालिबानबीच गत सेप्टेम्बर १२ देखि कतारको दोहामा शान्तिवार्ता सुरु भएको थियो। सो वार्ता अहिले पनि जारी रहेको बताइएको छ। यस वार्तामा दशकौं लामो गृहयुद्ध अन्त्य गर्ने उपायका बारेमा छलफल हुँदै छ। अफगान गृहयुद्धमा हालसम्म दशौं हजार नागरिकको ज्यान गइसकेको छ।
तर अफगान सरकारले भिन्न प्रस्ताव अघि सारेको छ। सरकारले कुनै धार्मिक कुरासँग सम्बन्धित विषय उठे त्यसलाई हनाफी न्यायप्रणालीबाट सम्बोधन गर्न सकिने जनाएको छ। यो र तालिबानहरुको पनि केही प्रस्तावका कारण वार्ता अघि बढ्न नसकेको बताइएको छ।
शिया कानुन मुलुकभर समान ढंगबाट लागू हुने भए पनि धार्मिक अल्पसंख्यकका धार्मिक कानुनलाई पनि मान्यता दिनुपर्ने प्रस्ताव सरकारको छ। वार्तामा ढिलाइ भएपछि अमेरिकी र अन्य मुलुकहरुले सहमतिका लागि कूटनीतिक प्रयत्न जारी राखेका बताइएको छ। तर वार्ता सुरु भएको केही समयपछि रोकिएको बताइएको छ।
अमेरिकी विशेषदूत जाल्मे खलिलजाद समेतले गत महिना दोहामा पुगेर दुवै पक्षका वार्ता टोलीसँग छलफल गरेका थिए। त्यसैगरी नेटोका वरिष्ठ प्रतिनिधि स्टेफानो पोन्टेकोर्भोले पनि वार्ता टोलीका संयोजक एवं सदस्यहरुसँग छलफल गरेको बताइएको थियो।
तर पछिल्लो समयमा शान्ति वार्ताको काम रोकिएको छ भने उता अफगानिस्तानमा भने तालिबानीहरुले हमला गर्ने गरेका छन्। उनीहरुले पछिल्ला हप्ताहरुमा निकै शक्तिशाली आक्रमणहरु गरेर नागरिकको ज्यान लिन थालेका समाचार आएका छन्।
त्यसैले एकतर्फ शान्ति वार्ता गर्ने र अर्कातर्फ उता हिंसात्मक हमला पनि हुने गरेकोले यसबाट वार्ता भंग पनि हुनसक्ने भन्दै चासो व्यक्त हुन थालेको बताइएको छ। रासस/एएनआई