म्याग्दी। म्याग्दीका सुन्तला बगैँचामा फैलिएको औँसा कीराको प्रकोपको निरीक्षणको लागि कृषि ज्ञान केन्द्र म्याग्दीले स्थलगत निरीक्षण सुरू गरेको छ।
कार्यालयका कृषि प्राविधिकको टोलीलाई सुन्तलाको पकेट क्षेत्रमा परिचालन गरी औँसा कीराको प्रकोपको अवस्थाबारे अध्ययन गर्न लागिएको हो।
म्याग्दीका सुन्तला पकेट क्षेत्रमा औँसा कीराको प्रकोपले पाक्ने समयमा बोटका पहेँला भएका सुन्तला झर्ने समस्या बढेको छ।
जिल्लाको बेनी नगरपालिका, रघुगङ्गा, अन्नपूर्ण, मङ्गला, मालिका र धौलागिरि गाउँपालिकामा रहेका सुन्तला पकेट क्षेत्रमा यस वर्ष बिक्री हुने सुन्तला बगैँचामा औँसा कीराको प्रकोप बढेपछि कृषकको बगैँचामै पुगेर रोकथामको लागि कृषकलाई सल्लाह दिने, वास्तविक अवस्थाको तथ्यांक लिने र अवस्था बुझ्न थालेको कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए। रासस
" /> म्याग्दी। म्याग्दीका सुन्तला बगैँचामा फैलिएको औँसा कीराको प्रकोपको निरीक्षणको लागि कृषि ज्ञान केन्द्र म्याग्दीले स्थलगत निरीक्षण सुरू गरेको छ।कार्यालयका कृषि प्राविधिकको टोलीलाई सुन्तलाको पकेट क्षेत्रमा परिचालन गरी औँसा कीराको प्रकोपको अवस्थाबारे अध्ययन गर्न लागिएको हो।

">